काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उत्कृष्ठ सेवा दिएकाे भन्दै एलअार्इसीलार्इ अन्तराष्ट्रिय अवार्ड

8.19K
shares

काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरशन (एलआईसी नेपाल)ले अन्तर्राष्ट्रिय अवार्ड पाएको छ । कम्पनीले ‘इमर्जिङ्ग एसिया इन्स्योरेन्स अवार्ड, २०१८’ अन्तर्गत बेष्ट सर्भिस प्रोभाइडर इन लाईफ इन्स्योरेन्स अवार्ड, बेष्ट कस्टुमर ओरेन्टेसन इन लाइफ इन्स्योरेन्स अर्वाड र वेष्ट ग्रोथ इन लाइफ इन्स्योरेन्स अर्वाड पाउन सफल भएको हो ।

थाईल्याण्डकाे बैङ्ककमा सम्पन्न उक्त कार्यक्रममा थाई इन्स्योरेन्स बोर्डका महासचिवले एलआईसी नेपालका का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारलाई उक्त अवार्ड प्रदान गरेका हुन् । उक्त कार्यक्रममा एसिया महादेशका इन्स्योरेन्स कम्पनीहरुले भाग लिएका थिए ।

कार्यकममा का.मु. प्रमुख कार्यकारी अधिकृत दस्तिदारले नेपालको बीमा कम्पनीले यो अवार्ड तथा सम्मान पाउनु नेपालको बीमा उद्योगको लागि नै सम्मान र प्रतिष्ठाको विषय भएको बताएका छन् ।