काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राजमार्ग सञ्चालन

12.38K
shares

अविरल वर्षाका कारण अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड मंगलबारदेखि सञ्चालनमा आएको छ । आइतबारदेखि परेको वर्षापछि पहिरोले सडक अवरुद्ध भएको थियो । ठाउँठाउँमा पहिरो गएका कारण करीब २७ किलोमिटर सडक अवरुद्ध बनेको थियो ।

अवरुद्ध सडक जेसिवी प्रयोग गरी पहिरो गएको ठाउँबाट माटो पन्छाएपछि सुचारु भएको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । आज बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छन् । जिल्लाका ग्रामीण भेगका सडक भने सञ्चालनमा आउन सकेका छैनन् ।

ग्रामीण सडक सञ्चालन गर्न कसैको ध्यान नगएको स्थानीयवासीको गुनासो छ ।

(रासस)