Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

टिकापुर अस्पतालमा जन्मिएको अनौठो शिशुुुुको मृत्यु

न्युज कारोबार काठमाडौं असार १९, २०७५       

टिकापुर अस्पतालमा जन्मिएको अनौठो शिशुुुुको मृत्यु
कैलालीको टीकापुर अस्पतालमा सोमबार राती जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । साेमबार राती जन्मिएको उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा रहेको थियो । कैलालीको जानकी गाउँपालिकावडा नम्वर ३ लायकपुर बस्ने २२ वर्षीया शान्ति चौधरीले अस्पतालमा राती यस्तो अनौठो बच्चा जन्माएकी थिईन । वच्चाको मंगलबार दिउसो १२ बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले जानकारी दिए । सोमबार राति सुत्केरी बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । ‘उहाँको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको उपचारमा संलग्न टिकापुर अस्पतालका डा नरेन्द्रकुमार खनालले वताए । शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोत ले जनाएको छ । याे पनी पढ्नुस् ।

टीकापुरमा अनौठो बच्चाको जन्म, चार हात, चार खुट्टा

सम्बन्धित खबरहरु