काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ख्याल गर्नुहोस् ! विश्वकपको बाजी खेलाउँदा प्रहरीको फन्दामा परिएला

8.36K
shares

अहिले विश्वकप फुटबलको माहौल चलिरहेका बेला नेपालमा कुन देशले हार्छ र कुन देशले जित्छ भन्दै बाजी लगाउने खेल बढ्दै गएको छ । कतै तपार्इं पनि यस्तै आर्थिक लाभको लोभमा परेर बाजी लगाउदै हुनुहुन्छ की ?

यदी त्यसो गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ । कानुनी रुपमा अबैध रहेको सट्टाबाजी गर्ने खेलमा संलग्न रहेको आरोपमा काठमाडौंबाट ३ जना पक्राउ परेका छन् । काठमाडौंको म्हैपीका २२ बर्षिय प्रकट महर्जन, रामघाट बस्ने २२ बर्षिय रेजिन महर्जन र चागल बस्ने २५ बर्षिय सुजेन शाहीलाई महानगरीय प्रहरी परिसर टेकुले नियन्त्रणमा लिएको हो । उनीहरुलाई सोमबार साँझ राजधानीको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।

सट्टाबाजी खेल खेलाइरहेको अवस्थामा प्रहरीले उनीहरुको साथबाट ६ लाख ९९ हजार रुपैयाँ बरामद गरेको छ । यसका साथै प्रहरीले उनीहरुले प्रयोग गर्दै आएको ४ थान मोबाइल पनि बरामद गरेको छ । परिसरका प्रहरी नायब उपरिक्षक (डियसपी) मोहनकुमार थापाले विश्व कप फुटवल प्रतियोगितामा फुटवल टिमको हारजितमा विभिन्न व्यक्तिहरुसँग नगद लाभ लिने–दिने गरी अबैध रुपमा सट्टाबाजी खेल खेलाउने कार्य गरेको पाइएपछि पक्राउ गरिएको जानकारी दिए । तीनै जनलाई अहिले हिरातमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।