गृहपृष्ठ राष्ट्रिय सभामा ताेकियाे कार्यकाल, गृह मन्त्रीकाे ६ वर्ष अर्थ मन्त्रीकाे २ वर्ष
राष्ट्रिय सभामा ताेकियाे कार्यकाल, गृह मन्त्रीकाे ६ वर्ष अर्थ मन्त्रीकाे २ वर्ष
राष्ट्रिय सभामा गृह मन्त्री रामबहादुर थापा ‘बादल’ काे कार्यकाल ६ वर्षकाे हुने भएकाे छ । याे सँगै गृहमन्त्री थापा ६ वर्षका लागि राष्ट्रिय सभामा सदस्य रहने भएका छन् । यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाकाे कार्यकाल भने २ वर्षकाे हुने भएकाे छ ।
नेपालकाे संविधान अनुसार राष्ट्रिय सभाका सबै सदस्यकाे कार्यकाल ६ वर्षकाे हुन्छ । यसरी ६ वर्ष कार्यकाल भए पनि २-२ वर्षमा एक तिहार्इ सदस्यकाे कार्यकाल समाप्त हुन्छ । र, साेही पदमा नयाँ सदस्यहरूद्वारा पूर्ति गरिन्छ ।
तर, यसपटक राष्ट्रिय सभाका सबै सदस्य एकै पटक निर्वाचित भएकाले गाेला प्रथाद्वारा उनीहरूकाे कार्यकाल निर्धारणा गरिएकाे हाे । यसरी निर्धारण गरिएपछि एक तिहार्इ सदस्यकाे कार्यकाल २ वर्ष, अर्काे एक तिहार्इ सदस्यकाे ४ वर्ष र बाँकी सदस्यकाे ६ वर्ष कार्यकाल रहने व्यवस्था छ ।
अब सबैभन्दा अगाडि कार्यकाल समाप्त हुने सदस्यकाे स्थानमा पूर्ति भएपछि संवैधानिक व्यवस्था अनुसार उनीहरूकाे कार्यकाल ६ वर्षकाे हुनेछ । यस्तै ४ वर्षकाे कार्काल निर्धारण भएका राष्ट्रिय सभा सदस्यकाे स्थानमा नयाँ सदस्य अाएपछि त्यसपछाडि अाउने राष्ट्रिय सभाका सबै सदस्यकाे कार्यकाल ६ वर्षकाे हुनेछ । यसरी भएकाे निर्धारणा अनुसार राष्ट्रिय सभा सदस्य थापाकाे कार्यकाल ६ वर्षकाे भएकाे हाे भने अर्थमन्त्री खतिवडाकाे २ वर्षमात्र भएकाे हाे ।
त्यसै गरी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाकाे कार्यकाल पनि ६ वर्षकै भएकाे छ भने राष्ट्रिय सभाका उपाध्यक्ष सशिकला दाहालकाे ४ वर्ष भएकाे छ । त्यस्तै जितेन्द्र देव ६ वर्ष, सरिता प्रसार्इ ३ वर्ष, काेमल वली ४ वर्ष, अनिता देवकाेटा ६ वर्ष र पार्वती रावलकाे कार्यकाल समेत ६ वर्षकाे भएकाे छ ।
यस्तै राष्ट्रिय सभाका अन्य सदस्यहरू धन खतिवडा २ वर्ष, विन्दादेवी अाले ६ वर्ष, दिनानाथ शर्मा ४ वर्ष, सुरेन्द्र पाण्डे २ वर्ष, सुमन प्याकुरेल ४ वर्ष, रमेश यादव २ वर्ष,
प्रकाशित समय : १८:११ बजे



















