global ime bank Long Banner Ad

गृहपृष्ठ यसरी तोडियो ब्राजिलको ४० वर्षे इतिहास

यसरी तोडियो ब्राजिलको ४० वर्षे इतिहास

यसरी तोडियो ब्राजिलको ४० वर्षे इतिहास

धेरैको अनुमान थियो, पाँच पटकको विश्वविजेता ब्राजिलले समूह चरणमा सहजै जित निकाल्छ । हुन पनि पछिल्लो ४० वर्षसम्म उसले विश्वकपको पहिलो खेलमा जितहीन भएर बस्नुपरेको थिएन । सन् १९७८ यताका सबै विश्वकपको पहिलो खेलमा ब्राजिल हाबी हुँदै आएको थियो । तर, उपाधिको बलियो दाबेदार मानिएको ब्राजिलको ४० वर्षे इतिहास गएराति स्वीजरल्याण्डले चकनाचुर पारिदिएको छ । निकै उत्साहित ब्राजिलियन फुटबलका फ्यान पनि निराश बनेका छन् ।

समूह ई मा रहेको ब्राजिलले आफ्नो पहिलो खेलमा जित निकाल्ने लामोसमयदेखिको इतिहासलाई जोगाउन नसकेको हो । रोस्तोभ एरेनामा भएको खेलमा स्वीट्जरल्याण्डले उपाधिको मुख्य दाबेदारका रुपमा हेरिएको ब्राजिललाई १ १ गोलको बराबरीमा रोक्यो । नेइमार, गाब्रियल जिसस, विलियन, फिलिप कोन्टिन्होसहितको टिटेको बलियो टिमले स्वीट्जरल्याण्डविरुद्ध जित निकाल्न कम संघर्ष गरेन तर सकेन ।

२० औँ मिनेटमा फिलिप कोन्टिन्होको गोलबाट अग्रता लिएपनि ब्राजिलले दोस्रो हाफमा त्यो अग्रता जोगाउन सकेन । स्वीट्जरल्याण्डका लागि ५० औँ मिनेटमा स्टीभन जुबेरले हेडर गोल गर्दै खेललाई बराबरी गोल फर्काए ।

फास्ट मुभिङमा देखिएको ब्राजिलले त्यसपछि स्वीजरल्याण्डतिरको जारी चुमाउन बल नियन्त्रणमा त लियो । तर, बललाई पोष्ट चुमाउन भने सफल हुन सकेन । गाब्रियल जिसस, नेइमार, मार्सेलोसहितका खेलाडीले गोल गर्ने भरपुर प्रयार गरे पनि स्वीजरल्याण्डको डिफेन्सले उनीहरुलाई रोक्यो । झण्डै तीन महिना चोटका कारण मैदान बाहिर रहेर मैदान फर्किएका नेइमार धेरै पटक लडे । यो खेलमा सबैभन्दा बढी लड्ने नेइमार सायदै एक हुन् । बेला–बेला उनले गोल गर्ने प्रयास नगरेका भने होइनन् तर सफल हुन सकेनन् ।

कोन्टिन्होले गरेको लंग रेन्जको सुन्दर गोलबाट लिइएको अग्रता जोगाउन सकेको भए ब्राजिलका लागि यो विश्वकपको सुरुवात राम्रो हुने थियो । जित निकाल्न नसके पनि ब्राजिल हारबाट भने जोगियो । समूह ई मा यसअघि कोस्टारिकालाई हराएका सर्बिया समूहको शीर्ष स्थानमा छ ।

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु