गृहपृष्ठ मेक्सिकोद्वारा जर्मनी पराजित
मेक्सिकोद्वारा जर्मनी पराजित
रूसमा जारी विश्वकप फुटबल अन्तर्गत अाइतबार भएको खेलमा जर्मनी मेक्सिकोसँग पराजित भएको छ ।
समूह चरणको खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकाेले १-० गोल अन्तरले पराजित गरेको छ ।
सन् २०१४ को विश्वविजेता जर्मनी उपाधि रक्षा गर्ने उद्देश्यसहित रूस यात्रामा थियो । तर, उत्तर अमेरिकी राष्ट्र मेक्सिकोले उसलाई सुरूवाती झड्का दिएको छ ।
समूह चरणको खेलमा हार व्यहोरेको जर्मनी थप दबाबमा परेको छ । तुलनात्मक रूपमा उपाधिको दाबेदार नमानिएको मेक्सिकोले जर्मनीलाई पराजित गर्दा जारी विश्वकपमा जर्मनी थप दबाबमा हुनेछ ।
सुरूवाती अग्रता लिएको मेक्सिकोको रणनीति जर्मनीले तोड्न नसक्दा हार्नबाट बचेन । निकै प्रतिस्पर्धात्मक खेलमा बलमा धेरै नियन्त्रण राखेको जर्मनीलाई पराजित गरेसँगै मेक्सिकोका समर्थकहरूमा खुसीयाली छाएको छ ।
प्रकाशित समय : ०४:३७ बजे



















