गृहपृष्ठ आफन्त भेट्न पूर्व राजपरिवार मेडिसिटीमा
आफन्त भेट्न पूर्व राजपरिवार मेडिसिटीमा
काठमाडौं । पूर्व राजपरिवारका सदस्यहरू बिरामी रहेका आफन्त भेट्न आइतबार मेडिसिटी अस्पताल पुगेका छन् । भैंसेपाटी ललितपुरमा अवस्थित मेडिसिटी अस्पतालमा अपचार गराईरहेका आफन्त भेट्न उनिहरु त्याहाँ पुगेका हुन् ।
पूर्व रानी कोमल, पूर्व युवराज्ञी हिमानी, पूर्व राजुमारी प्रेरणा शाह आफन्त भेट्न उक्त अस्पतालमा पुगेका हुन् । उनीहरुले उपचार गरार्इ रहेका आफन्तको स्वास्थ्यस्थितिको सम्बन्धमा जानकारी लिएका थिए । अस्पतालमा करिब २० मिनेट समय विताएका उनीहरु त्यसपछि फर्किएका थिए ।
प्रकाशित समय : १९:०२ बजे



















