global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बेल्जियमसँग ‘डेब्यु’ टोलीको चुनौती

बेल्जियमसँग ‘डेब्यु’ टोलीको चुनौती

बेल्जियमसँग ‘डेब्यु’ टोलीको चुनौती

२१ औं संस्करणको विश्वकपको सोमबारको खेलमा बेल्जियमलाई डेव्यु टोलीले चुनौति दिँदैछ । पहिलो पटक विश्वकप यात्रामा निस्किएको पानामालाई यही संस्करणका अघिल्ला खेलहरु हेर्दा कम आँक्न सक्ने स्थितिमा बेल्जियम छैन ।

रंगशालामा बेल्जियमको झण्डा बोकेर बसेकाहरुलाई चिन्ता के पनि छ भने जर्मनीलाई मेक्सिकोले दिएको जस्तै झड्का पानामाले बेल्जियमलार्इ चखाउन पनि सक्छ । समूह चरणका खेलामा उपाधिका दाबेदार भनिएका टोलीलाई कम भनिएका टोलीले धुलो चटाई सकेका छन् । आजको खेल पानामाका लागि बेल्जियमलाई बाघ बुढो भएको देखाउने अवसर पनि हुनसक्छ ।

समूह जीका यी दुई टोलीबीचमा रसियाको सोचीस्थित फिस्ट रंगशालामा नेपाली समयअनुसार ८:४५ बजे रेफ्रिले बजाउने पहिले सिठ्ठीसँगै हुने स्पर्धामा पानामाले आफ्नै समर्थकका अलावा बेल्जियम विरोधीहरुको समेत समर्थन पाउनेछ । यस्तो अबसर बेल्जियमका लागि कम उपलब्ध हुनेछ ।

पहिलो खेलमानै पानामालाई पराजित गर्दै विजयी सुरुवात गर्ने लक्ष्यमा रहेको बेल्जियम अहिलेसम्म आपसमा नखेलेको टोलीको रणनीतिसँग अनविज्ञ छ । फिफा बरियतामा ३ नम्बरमा रहेको रोबेर्टाे मार्टीनेजको टोली बेल्जियमले १३ औं नम्बरमा रहेको गारेथ साउथगेटको टिमलाई हराउन त्यति सहज छैन ।

१३ औं पटक विश्वकपको यात्रामा निस्किएको बेल्जियम रहेको समूह जी मा यी दुई राष्ट्रका अलावा ट्युनिसिया र इंग्ल्याण्ड छन् । यी ४ मध्ये २ टोली समूह चरणबाटै घर फर्कनु पर्नेछ भने थप २ राष्ट्रले अन्तिम १६ मा स्थान पक्का गर्नेछन् ।

प्रकाशित समय : ०२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु