गृहपृष्ठ इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे विश्वकपको अन्तिम ३२ मा प्रवेश
इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे विश्वकपको अन्तिम ३२ मा प्रवेश
शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन् ।
पाराग्वेले आफ्ना तीनवटै समूह चरणका खेलहरू पूरा गरिसकेको छ भने इङ्गल्याण्ड, पोर्चुगल, घाना र इजिप्टले अझै एक–एक खेल खेल्न बाँकी छ । यद्यपि, सबै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् ।
यस पटक ४८ टोली सहभागी विस्तारित विश्वकपमा समूह चरणपछि तेस्रो स्थानमा रहेका उत्कृष्ट आठ टोली पनि अन्तिम ३२ मा पुग्ने प्रावधान छ ।
इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे सबैसँग कम्तीमा चार अङ्क रहेकाले उनीहरू अब आफ्नो समूहमा तेस्रो स्थानमा रहेका केही टोलीले हासिल गर्न सक्ने अधिकतम अङ्कभन्दा अगाडि छन् ।
यसका कारण समूह ए (दक्षिण कोरिया तीन अङ्क) समूह सी (स्कटल्याण्ड तीन अङ्क) समूह एच (उरुग्वे दुई अङ्क÷केप भर्डे तीन अङ्क)र समूह आई (सेनेगल तीन अङ्क) का तेस्रो स्थानका टोलीहरूले उनीहरूलाई उछिन्न नसक्ने अवस्था बनेको हो, जसमा ती समूहका खेलहरू यसअघि नै सम्पन्न भइसकेका छन् ।रासस
प्रकाशित समय : ११:१३ बजे




















