global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आप्रवासीसम्बन्धी ‘कठोर’ नीतिबाट पछि हटे ट्रम्प, यस्तो छ कारण

आप्रवासीसम्बन्धी ‘कठोर’ नीतिबाट पछि हटे ट्रम्प, यस्तो छ कारण

आप्रवासीसम्बन्धी ‘कठोर’ नीतिबाट पछि हटे ट्रम्प, यस्तो छ कारण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले ल्याएको एउटा नीति फिर्ता लिन बाध्य भएका छन् । उनले अवैध रुपमा अमेरिका पसेका आप्रवासीका परिवारलाई छुट्याउने गरी शून्य सहनशीलता नीति लिएका थिए । सोही अनुसार ट्रम्प प्रशासनले आप्रवासीलाई बन्दी बनाउन थालेको थियो । तर, चौतर्फी यो नीतिको विरोध भएपछि ट्रम्प आफ्नो नीतिबाट पछि हटेर अवैध रुपमा अमेरिका छिरेका आप्रवासीलाई हिरासतमा लिँदा परिवार एकै ठाउँमा राख्ने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् ।

यसअघि कागजात पूरा नभएका आप्रवासीलाई बन्धक बनाउँदा उनीहरुका सन्तानलाई अन्तै लगिएको थयो । अभिभावकबाट विछोडिएका बालबालिकाको दयनीय तस्बिर सार्वजनिक भएपछि ट्रम्प आलोचित बन्न पुगेका थिए ।

ट्रम्पले अभिभावकबाट टाढिएका बालबालिकाको तस्बिरकै कारण आफू आफ्नै नीतिबाट पछि हटेको बताएका छन् । तर ट्रम्पले हस्ताक्षर गरेको नयाँ निर्देशन कहिलेदेखि कार्यान्वय हुने भन्ने खुलाइएको छैन ।

अवैध रुपमा रहेका आप्रवासीलाई हिरासतमा लिँदा परिवार एकै ठाउँमा राख्ने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेपछि ट्रम्पले परिवार विभाजित भएको आफूलाई पनि मन नपर्ने तर अवैध आप्रवासीमाथिको शून्य सहनशीलता नीति भने कायमै रहेको प्रतिक्रिया दिएका छन् ।
गत मे ५ देखि जुन ९ सम्ममा २३ सय ४२ बालबालिका उनीहरुका अभिभावकबाट विछोडिएका छन् । ट्रम्पको नीति अनुसार २२ सय ६ अभिभावकलाई बन्दी बनाएइएको छ ।

प्रकाशित समय : १३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु