काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हार्यो ब्राजिल, सेमिफाइनलमा फ्रान्ससँग बेल्जियमको भेट पक्का

8.93K
shares

पाँच पटकको विश्वविजेता ब्राजिल रुस विश्वकपको क्वाटरफाइनलबाटै घर फर्किएको छ । काजन एरेनामा ब्राजिललाई बेल्जियमले २–१ ले पराजित गरेको हो । जितपछि बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । उसले अब फ्रान्ससँग खेल्नेछ ।

खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले आत्माघाती गोल गरेपछि ब्राजिल १–० ले पछि परेको थियो । त्यसपछि डि ब्रुइनको गोलमा बेल्जियमले अग्रता दोब्बर पारेको थियो । खेलको ३१ औं मिनेटमा लुुकाकुले दिएको पास बल ब्रुइनले सदुपयोग गरे ।

ब्राजिलका रेनाटो अग्युस्टोले मैदान छिरेको केही मिनेटमै गोल गर्दै बेल्जियमसँगको अग्रता २–१ मा झारेका थिए । खेलको ७६औं मिनेटमा उनले गोल गरेपनि त्यसपछि गोल गर्न ब्राजिल चुक्दा घर फर्किनु परेको हो । पाँच पटकको विश्वविजेता ब्राजिल क्वाटरफाइनलबाट फर्किएपछि अब विश्वकप उपाधिमा नयाँ टोलीको दाबेदारी बढेको छ ।