global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ओलीको चित्त झिँगाको पित्तजस्तो : देउवा

ओलीको चित्त झिँगाको पित्तजस्तो : देउवा

ओलीको चित्त झिँगाको पित्तजस्तो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले मुलुकलाई समृद्ध बनाउँछौँ भनेर जनतलाई ढाँटिरहेको बताएका छन् । कांग्रेस नगर समिति रामेछापले शुक्रबार गरेको कार्यकर्ता भेलामा सभापति देउवाले भने,‘पूर्वाग्रह र विभेदका साथ अघि बढेको सरकारले देश विकास गर्छ भनेर के पत्याउने, यिनीहरु झुट बोलिरको छन् ।’

उनले आर्थिक समृद्धिको अभियान प्रभावकारी बनाउन ‘ठूलो मुटु’ हुनुपर्ने बताए । ‘बिना कारण अघिल्लो सरकारले गरेका नियुक्ति बदर गरिएको छ,’ देउवाले भने, ‘यस्तो झिँगाकोजस्तो चित्त भएको र पूर्वाग्रही सरकारले मुलुकलाई समृद्ध बनाउँछौँ भनेर जनतालाई ढाँटिरहेको छ ।’ आफ्नो नेतृत्वको सरकारले विधिसम्मत गरेका राजनीतिक नियुक्ति बदर गरेकोमा सरकारविरुद्ध उनले खेद प्रकट गरे ।

‘मैले निर्वाचन आयोगको सहमति लिएर गरेका नियुक्ति बदर गर्नुपर्ने कुनै कारण थिएन,’ देउवाले भने, ‘ती सबै नियुक्ति विधिसम्मत थिए, सरकारले विधि कुल्चिँदै बदर गर्ने फैसला गरेको छ ।’ सरकार अधिनायकवादतर्फ उन्मुख भएको प्रष्ट हुँदै गएको भन्दै उनले भने, ‘कांग्रेस चुप लागेर बस्दैन ।’

प्रकाशित समय : १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु