काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टेलिकमको ‘एनटी रिचार्ज’को सट्टामा ‘नमस्ते रिचार्ज’

18.84K
shares

नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज (NT Recharge) कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिनेछ । कम्पनीले ५०, १००, २००, ५०० र १००० रुपैयाँ दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउनेछ ।

रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गरी रिचार्ज गर्नुपर्छ । टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशनअनुसार पनि रिचार्ज गर्न सकिनेछ ।

जीएसएम मोबाइलका ग्राहकले *४२२*पिन कोड# डायल गरेर पनि रिचार्ज गर्न सकिन्छ । साथै नेपाल टेलिकमको मोवाइल एप तथा वेबसाइटमार्फत पिन कोड प्रयोग गरी रिचार्ज गर्न सकिन्छ ।

नेपाल टेलिकमले हाल रिचार्ज कार्डबाहेक इलेक्ट्रोनिक रिचार्ज र एमपोस प्रयोग गरेरसमेत रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ । बजारमा उपलब्ध रिटेलरमार्फत यी सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।