गृहपृष्ठ पाण्डेको उपन्यास र गीति एल्बम विमोचन
पाण्डेको उपन्यास र गीति एल्बम विमोचन
साहित्यकार डा. डिआर पाण्डेको उपन्यास तथा गीति एल्बम आज विमोचन गरिएको छ । एक दशकदेखि नेपाली उपन्यास क्षेत्रमा कलम चलाउँदै अाएका पाण्डेको सातौँ उपन्यास ‘अतिरिक्त’ र पहिलो गीति एल्बम ‘प्रणय’को सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विमोचन गरेका हुन् ।
कार्यक्रममा बाेल्दै मन्त्री बाँस्काेटाले साहित्य र गीत संगीतको कुनै जात, वर्ण, लिङ्ग, भूगोल नहुने भन्दै यसलाई जुन परिवेशमा प्रस्तुत गरे पनि हुने विचार व्यक्त गरे । त्यसैगरी वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानले उपन्यासका साथै गीतसंगीतको क्षेत्रमा लागेर पाण्डेले नयाँ कामको थालनी गरेको बताए ।
‘प्रणय’ गीति एल्बममा सागर अधिकारीले संगीत दिएका छन् । पर्साको वीरगञ्जमा जन्मेका पाण्डेका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘अपवित्र छाया’, ‘भाग्यचक्र’, ‘स्वार्थी’ र ‘बिटुली’ उपन्यास प्रकाशित छन् ।
(रासस)
प्रकाशित समय : ०१:०१ बजे



















