गृहपृष्ठ कांग्रेसको प्रचारमा ‘सपना चाैधरी’
कांग्रेसको प्रचारमा ‘सपना चाैधरी’
भारतीय राष्ट्रिय राजनीतिमा कांग्रेस आईले सन् २०१४ को निर्वाचनमा विर्सनलायक प्रदर्शन गर्याे । नदेखिने गरी राहुल गान्धीलाई भावि प्रधानमन्त्रीको रुपमा अघि सारेको उसले भारतीय जनता पार्टी (बिजेपी) सँग नराम्रो पराजय व्यहोरो ।
यो त विगतको कुरा भयो । सन् २०१९ को निर्वाचन नजिकिँदै जाँदा पनि स्थितिमा कांग्रेसले गरेको अपेक्षा अनुसार परिवर्तन हुन सकेन । सम्भवतः यो निश्चित छ कि कांग्रेसले जितेमा राहुल गान्धी प्रधानमन्त्री हुनेछन् । किनकी कांग्रेसले पार्टीको नेतृत्व उनलाई सुम्पदै त्यसको मार्ग प्रशस्त गरेको छ ।
तर, गान्धीको सत्ता यात्रा सहजभन्दा असहज बढी छ । कांग्रेसले देशव्यापी माहौल बनाएको बिजेपीलाई पराजित नगरेसम्म आफ्नो उक्त लक्ष्य भेट्टाउन सक्दैन । तर, त्सका लागि बाधक बनेको छ ‘चमकदार’ छविका नरेन्द्र मोदी र उनको दल ।
विश्लेषकहरुका कुरा पत्याउने हो भने सन् २०१९ को निर्वाचनमा पनि कांग्रेस आईले बिजेपी नेतृत्वको सरकार परिवर्तन गर्न सक्ने लक्षण देखिएको छैन । त्यसैले उसका लागि केही न केही नयाँ उपाय अबलम्बन गर्नुपर्ने वाद्यता छ । तर, त्यस्तो उपाय के हुनसक्छ, जसले भारतीय सरकारको बागडोर कांग्रेस आई अझ राहुल गान्धीको हातमा दिन सकोस् ?
भारत आफूलाई विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भनेर चिनाउन बढ्ता रुची राख्छ । त्यसैले पनि सत्ता परिवर्तनका लागि निर्वाचन एकमात्र अस्त्र हो । तर कांग्रेस आईका लागि विडम्बना के भने देशभर बिजेपीको माहौल झन् झन् झाँगिँदै गएको छ ।
आगामी लोकसभा र विधानसभाको निर्वाचनमा कांग्रेसको प्रचार हरियाणाकी डान्सर तथा गायिका सपना चौधरी हुन सक्छिन् ? उनले यसका लागि अग्रसरता समेत लिएकी छिन् । यसै कारण हुनसक्छ चौधरी कांग्रेस अध्यक्ष राहुल गान्धी तथा सोनिया गान्धीलाई भेट्न दिल्ली गएकी थिइन् । तर, भेट भने भएन । यद्यपी उनले भेट्नका लागि समय भने मागेकी छिन् ।
चौधरी केही समय पहिले विवादमा समेत आएकी थिइन् । तर, सत्य के हो भने उनको लोकप्रियता विवादभन्दा ठूलो छ । हरियाणाकी यी डान्सरका ‘फिदा’ बनेका युवाहरु धेरै छन्, जसले निर्वाचनको परिणामलाई प्रभावित पार्न पनि सक्छन् ।
सोनिया र कांग्रेसले देशको लागि ‘धेरै काम गरेको’ बताउने चौधरी उनीबाट प्रभावित रहेको सुनाउँछिन् । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार यस भेटको पछि कुनै ‘मकसद’ छैन । तर उनले भारतीय मिडियालाई आफू कांग्रेसको प्रचारको लागि तयार रहेको भने बताइन् ।
चौधरी कूटनीतिक भाषमा भन्छिन्, ‘जो सुकैको जीवनमा असल र खराब समय आउँछ, अबसर आउँदा त्यसलाई छाड्नु हुदैन, पकड्नु पर्छ ।’ कांग्रेसका एक नेताका अनुसार चौधरीको भेट पार्टीका केही नेतासँग भएको छ ।
प्रकाशित समय : १९:३२ बजे



















