गृहपृष्ठ आर्ट काउन्सिलमा उत्कृष्ट फोटोहरुको प्रदर्शनी

आर्ट काउन्सिलमा उत्कृष्ट फोटोहरुको प्रदर्शनी

आर्ट काउन्सिलमा उत्कृष्ट फोटोहरुको प्रदर्शनी

 

फोटो पत्रकार क्लबद्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता– २०७५ मा छानिएका उत्कृष्ट तस्बिरको प्रदर्शनी काठमाडौंको बबरमहलमा सुरु भएको छ । नेपाल आर्ट काउन्सिल बबरमहलमा बुधबार सुरु भएको फोटो प्रदर्शनी २१ गते सोमबारसम्म चल्नेछ ।Photo exhibation-news karobar (4)

प्रदर्शनीमा #experienceNepal कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आईएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्युज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधाका उकृष्ट एक सय ६० फोटो राखिएको फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्कीले जानकारी दिए । कार्यक्रमका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने बताए ।

 

Photo exhibation-news karobar (3)

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालमा पर्यटकीय गन्तव्य धेरै भएकाले फोटो पत्रकारले फोटोमार्फत पर्यटन प्रवद्धधन गर्नुपर्ने बताए । क्लबका अध्यक्ष कार्कीले नेपालमा मात्रै नभई दक्षिण एसियालाई नै समेट्ने गरी ‘साउथ एसिया प्रेस फोटो कन्टेस्ट’ आयोजना गर्ने तयारीमा क्लब रहेको जानकारी गराए ।Photo exhibation-news karobar (5)

कार्यक्रममा फोटो अफ दि इयर विजेता नरेन्द्र श्रेष्ठले ७० हजार रुपैयाँ फुदन सदालाई हस्तान्तरण गरेका छन् । फुदन सदा नरेन्द्र श्रेष्ठले खिचेको तस्बिरमा देखिएका मृतक बालक कमलका बुबा हुन् । सदाले आफू पाएको रकमले चार कट्ठा जग्गा भाडामा लिएर तरकारीखेती गर्ने बताए ।Photo exhibation-news karobar (1)

श्रेष्ठको फोटो अफ दि इयर बन्न सफल तस्बिरले एक लाख रुपैयाँ पुरस्कार जितेको थियो । उनले ७० हजार सदा परिवारलाई र बाँकी ३० हजार केही समयअघि निधन भएका पत्रकार यादव थापाको परिवारलाई हस्तान्तरण गरे । काठमाडौंपछि विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा यसै वर्ष फोटो प्रदर्शनी हुने क्लबले जनाएको छ ।

प्रकाशित समय : ०१:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु