गृहपृष्ठ दाङ जिल्ला प्रशासन कार्यालयले शनिबार पनि सेवा प्रवाह गर्ने
दाङ जिल्ला प्रशासन कार्यालयले शनिबार पनि सेवा प्रवाह गर्ने
आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको जानकारी दिए ।
भदौदेखि हरेक शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गरेर सम्पूर्ण सेवा प्रदान गर्ने उहाँले बताउनुभयो । जिल्लाका दशवटै स्थानीय तहलाई शनिबार कार्यालय सञ्चालन गर्नेबारे सुझाव दिन पत्राचार समेत गरिएको छ ।
(रासस)
प्रकाशित समय : १३:५५ बजे


















