गृहपृष्ठ अब प्रत्येक शुक्रबार उपभोक्तासँग ऊर्जामन्त्री
अब प्रत्येक शुक्रबार उपभोक्तासँग ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री वर्षमान पुनले प्रत्येक शुक्रबार उपभोक्ताका गुनासा सुन्ने भएका छन् । मन्त्री पुनले शुक्रबार १२ देखि १ बजेसम्म उपभोक्तासँग हटलाइनमा प्रत्यक्ष कुराकानी गर्ने भएका हुन् ।
विद्युत् प्राधिकरण, विद्युत् विकास विभागलगायतको सेवाबारेमा उपभोक्ताको गुनासो सुन्न र प्रभावकारी सेवा प्रदान गर्न यो कार्यक्रम सुरु गरिएको जनसम्पर्क अधिकृत सुनिता गौतमले जानकारी दिइन् । गौतमका अनुसार ११५१ हडलाइनका साथै ०१–४२००६४१ र ४२ मा समेत निर्धारित समयमा मन्त्री पुनसँग निःशुल्क कुरा गर्न सकिनेछ । सेवा भोलि (शुक्रबार) बाटै सुरु हुनेछ ।
प्रकाशित समय : २३:५६ बजे



















