काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकार आधारभूत स्वास्थ्य नीति निर्माणको तयारीमा : उपप्रधानमन्त्री यादव

12.58K
shares

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकार आधारभूत स्वास्थ्य नीति निर्माणको तयारी गरिरहेको बताएका छन् । जनकपुर अञ्चल अस्पतालद्वारा बिहीबार आयोजित छलफल कार्यक्रममा उपप्रधानमन्त्री यादवले चिकित्सकहरू काठमाडौं केन्द्रित हुने मनोविज्ञान परिवर्तन हुनुपर्ने बताए ।

विगतमा भएका नीतिगत गल्तीका कारण स्वास्थ्य र शिक्षा क्षेत्र प्रमुख प्राथमिकतामा नपरेको चर्चा गर्दै उपप्रधानमन्त्री यादवले सङ्घीय संरचनाअनुरूपको आधारभूत स्वास्थ्य नीतिले विगतका गल्ती र प्रवृत्तिमा सुधार ल्याउने दाबी गरे ।

८० प्रतिशत जनता गाउँमा बस्ने तर ९० प्रतिशत चिकित्सक सहरमा बस्ने अवस्थाले पनि स्वास्थ्य सेवा जनस्तरमा पुग्न नसकेको प्रसंग उल्लेख गर्दै उनले चिकित्सकहरूले आफ्नो जन्मथलो, क्षेत्र र जिल्लामा सेवा गर्ने वातावरण निर्माण गरिने बताए । उपप्रधानमन्त्री मन्त्री यादवले जनकपुरधामको अस्पताललाई प्रदेशकै केन्द्रीय अस्पतालको रूपमा विकास गर्ने पहल सबैबाट हुनुपर्ने खाँचो औंल्याए ।

आगामी दिनमा प्रदेश सरकारमात्र केन्द्रमा निर्भर रहने प्रवृत्ति त्याग्न आवश्यक रहेको भन्दै उनले जनकपुर अस्पतालको सेवा विस्तारका सन्दर्भमा एउटै परिसरमा नरही संकायअनुरूपको विस्तारका लागि विभिन्न स्थानमा जग्गाको व्यवस्थापन र छनौट गर्नुपर्नेमा जोड दिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको आवश्यकताअनुसार स्वास्थ्य नीति निर्माणका लागि सरकार तयार रहेको बताए । सामाजिक विकास मन्त्री नवलकिशोर साहले संक्रमण कालका कारण अपेक्षाअनुरूप स्वास्थ्य सेवा विस्तार हुन नसकेको भनाइ राखे ।

जनकपुर अस्पताल प्रमुख डा। रामपरीक्षण यादवले अस्पतालको सुधार तथा समस्याका विषयमा उपप्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।