nmb bank

गृहपृष्ठ दरबार हाइस्कुल चीनले बनाउने

दरबार हाइस्कुल चीनले बनाउने

दरबार हाइस्कुल चीनले बनाउने

भूकम्पका कारण क्षतिग्रस्त मुलुककै पुरानो भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल)को पूनर्निर्माण चीन सरकारको सहयोगमा सुरु गरिएको छ ।

शुक्रबार एक कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेल र नेपालका लागि चिनीया राजदुत यु होङले संयुक्त रुपमा शिलान्यास गरी पुनर्निर्माण कार्य सुरु गरेका हुन् । भूकम्पपछि भौतिक संरचना पुनर्निर्माणका लागि २३ जुलाई २०१५ मा चीन सरकार र अर्थ मन्त्रालयबीच २५ ओटा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण चीनले गर्ने सहमति भएको थियो । सोही अनुरुप दरबार हाइस्कुलको पुर्निर्माण हुन लागको हो ।

विद्यालयको नेपाल सरकार र चीन सरकारले संयुक्त रुपमा डिजाइन गरेको नक्सा काठमाडौं महानगरपालिकाबाट पास भएर आइसकेको छ । चीन सरकार आफैले छानेको २५ आयोजना मध्ये दरबार हाइस्कुल पनि पर्ने भएकोले चीनले करिब ८० करोडको लगानीमा स्कुलको पुननिर्माण गर्न लागेको प्राचार्य हेमचन्द्र महतोले बताए ।

पुनर्निर्माणपछि स्कुल चार तलाको हुनेछ भने ४० भन्दा बढी कोठा हुनेछन् । प्राचार्य महतोका अनुसार २० महिनामा विद्यालयको पुननिर्माण कार्य समाप्त हुनेछ । १ सय ६५ वर्ष पहिले स्थापना भएको यो विद्यालय मुलुककै जेठो विद्यालय हो ।

प्रकाशित समय : २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु