काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सूचनाको हक प्राप्त गर्न सक्ने वातावरण हुनुपर्छ : प्रमुख आयुक्त बाँस्कोटा

19.78K
shares

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले जनउत्तरदायी एवं लोकतान्त्रिक शासन प्रणाली प्रवद्र्धनका लागि हरेक नागरिकले सूचनाको हकलाई पारदर्शी ढंगले प्राप्त गर्नसक्ने वातावरण हुनुपर्नेमा जोड दिएका छन् । शनिबार इटहरीमा आयोजित एक कार्यक्रममा बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।

राष्ट्रिय सूचना आयोगले प्रदेश १ स्तरीय स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका लागि शनिबार इटहरीमा ‘सूचनाको हक’ सम्बन्धी अन्तक्र्रियाको आयोजना गरेको थियो । सोही कार्यक्रममा उनले नागरिकले प्राप्त गर्नुपर्ने सार्वजनिक सरोकार र जनचासोका सवालमा जिम्मेवार भएर सूचना अधिकारीमार्फत हरेक तीन महिनामा जानकारी गराउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे ।

आयोगका आयुक्त किरण पोख्रेलले सूचनाको हकको प्रभावकारी कार्यान्वयनबाट सरकार जनताप्रति अझ बढी जिम्मेवार बन्ने हुँदा यसको सदुपयोगमा जोड दिए । आयोगकी अर्का आयुक्त यशोदा तिम्सिनाले जनमैत्री सरकार निर्माणका लागि सूचनाको हकलाई व्यवहारिक रुपमा नै कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, सुनसरी जिल्ला समन्वय समितिका अध्यक्ष गोपाल राजभण्डारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र सूचना आयोगका सचिव मणिराम ओझालगायतले सूचनाको हकका विविध पक्षमाथि प्रकाश पारेका थिए ।