गृहपृष्ठ आजदेखि कायम मुकायम प्रधानन्यायाधीशमा मिश्र, जोशी बसे बिदामा
आजदेखि कायम मुकायम प्रधानन्यायाधीशमा मिश्र, जोशी बसे बिदामा
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने भएका छन् ।
कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत भएसँगै उनी बिदामा बस्ने भएकाले वरिष्ठत्म न्यायाधीश मिश्रले आजदेखि पेशी तोक्ने तयारी गर्नुभएको हो । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार आजदेखि वरिष्ठत्म न्यायाधीश मिश्रले पेशी तोक्ने छन् ।
यसैबीच कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा गम्भीर प्रश्न उठेकाले स्वतन्त्र निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाइदिन सरकार र न्यायपरिषद्लाई आग्रह गरेका छन् । उनले एक विज्ञप्ति प्रकाशित गरी आफ्नो शैक्षिक योग्यतामाथि उठेको प्रश्नको निराकरणका लागि अनुरोध गरेका हुन् ।
(रासस)
प्रकाशित समय : १३:३० बजे


















