global ime bank Long Banner Ad

गृहपृष्ठ साढे तीन किलो सुनसहित विमानस्थलबाट दुर्इ थार्इ नागरिक पक्राउ

साढे तीन किलो सुनसहित विमानस्थलबाट दुर्इ थार्इ नागरिक पक्राउ

साढे तीन किलो सुनसहित विमानस्थलबाट दुर्इ थार्इ नागरिक पक्राउ

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलो सुनसहित दुर्इजना थार्इ नागरिक पक्राउ परेका छन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले मंगलबार उनीहरूलार्इ सुनसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राहदानी नम्बर एबी १३७३७९८ बाहक जुथामस जाक्पा रिंकक्याकुल र राहदानी नम्बर एबी १९९९५०३ बोकेका प्रियानुम होक्छाई छन् । उनीहरुले घडीको कभर, माला, बेल्टको बक्कल, चाबीलगायत बनाएर सुन तस्करी गर्न खाजेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थार्इ नागरिकलार्इ थप कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ । विमानस्थलबाट सोमबार पनि तीन किलो ३६ ग्राम सुनसहित पाँच भारतीय नागरिक पक्राउ परेका थिए ।

प्रकाशित समय : ००:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु