global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली सरकारले प्रत्येक महिना खर्च सार्वजनिक गर्ने

कर्णाली सरकारले प्रत्येक महिना खर्च सार्वजनिक गर्ने

कर्णाली सरकारले प्रत्येक महिना खर्च सार्वजनिक गर्ने

कर्णाली सरकारले प्रत्येक महिना खर्चको विवरण सार्वजनिक गर्ने भएको छ । शनिबार बसेको कर्णाली प्रदेश सरकारको बैठकले प्रत्येक महिना समाप्त भएको तीन दिनभित्र वेबसाइडमार्फत हरेक मन्त्रालयले खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कर्णाली सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसिले कर्णाली सरकारले यस्तो निर्णय गरेको जानकारी दिइन् । केसीका अनुसार कर्णाली सरकारका मन्त्रीहरु जिल्ला भ्रमण तथा अन्य आवश्यक काममा भ्रमण गर्दा औचित्यताका आधारमा गर्ने निर्णय समेत गरेको छ । त्यस्तो भ्रमण मुख्यमन्त्रीद्वारा स्वीकृत गराएर मात्रै गर्नुपर्ने निर्णय समेत गरिएको छ ।

त्यसै गरी आफूले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने, सरकारी संस्थाद्वारा आयोजित कार्यक्रममा मन्त्रीपरिषदका सदस्यहरु सहभागी भएबापत प्राप्त हुने भत्ता नलिने निर्णयसमेत भएको प्रवक्ता केसीले जानकारी दिइन् । सरकारद्वारा आयोजित कार्यक्रममा सम्भव भएसम्म सरकारी हलको प्रयोग गर्ने निर्णय पनिकर्णाली सरकारले गरेको छ ।

सरकारी खर्चलाई पारदर्शी तथा मितव्ययी बनाउन खर्च मापदण्ड निर्देशिका कडाइपूर्वक लागू गर्ने, जुम्लाका अन्तर्राष्ट्रिय धावक हरि रोकायको उपचारमा सहयोग तथा सम्मानस्वरुप एक लाख सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

त्यसै गरी उच्चस्तरीय कर्णाली प्रदेश बाढी पहिरो समस्या समाधान समिति गठन आदेश, २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिइन् ।

प्रकाशित समय : १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु