गृहपृष्ठ नेविसंघले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्दै

नेविसंघले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्दै

नेविसंघले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्दै

नेपाल विद्यार्थी संघले आज विहान प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्दैछ । सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै त्यसको विरोधमा प्रधानमन्त्री निवास घेराउ गर्न लागेको नेविसंघ नेता दिपक भट्टराईले जानकारी दिए ।

सरकार दुई तिहाई बहुमतको दम्भ पालेर अघि बढेको, महंगी नियन्त्रणतर्फ ध्यान नदिएकाले आन्दोलनमा उत्रन बाध्य भएको निविसंघको भनाइ छ । डा. गोविन्द केसीको मागलाई लिएर आन्दोलनमा उत्रिएको नेविसंघले केसीको माग सम्बोधन भएसँगै अन्य मुद्दालाई उठाएर आन्दोलित भएको हो ।

अहिले नेविसंघमा आवद्ध विद्यार्थीहरु प्रधानमन्त्री निवास अगाडी पुगेका छन् । सो क्षेत्रमा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु