काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एक दर्जन बस्ती बाढीको उच्च जोखिममा

12.78K
shares

मोरङका एक दर्जन भन्दा बढी स्थान बाढीको उच्च जोखिममा परेका छन् । नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् ।

वर्षा लागिसकेकाले सम्भावित विपतका बारेमा स्थानीय तहसँगको समन्वयमा रेडक्रसले सचेतनामूलक कार्यक्रम गरिरहेको छ । रेडक्रसले विशेष गरी अति जोखिममा परेका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै आएको छ ।

मोरङका बक्राहा, रतुवा, लोहन्द्रा, चिसाङ, सिंगिया, कोशीलयालगायत ठूला नदीले वर्षेनी ठूलो मात्रामा जनधनको क्षति पु¥याउने गरेको रेडक्रसका जिल्ला सभापति सुबोधकुमार सिंहले जानकारी दिए । रेडक्रसले तयार पारेको सूचीअनुसार बक्राहाका कारण नदी आसपासका बासिन्दा अति जोखिममा छन् ।

बक्राहाका कारण मोरङका मिक्लाजुङ, मधुमल्ला, मेचेडाँगी, गोविन्दपुर, इटहरा, गाविन्दपुर, बरडंगा र हसन्दहका बस्ती बाढीको अति जोखिममा रहेको बताइएको छ । त्यसैगरी रतुवाका कारण इटहरा, सिजुवा, महादेवाका बस्ती बाढीको अति जोखिममा छन् । लोहन्द्रा नदीका कारण मटियारी र धोकरधरका बस्ती पनि स्थलगत अध्ययनका क्रममा अति जोखिममा रहेको पाइएको रेडक्रस मोरङका वरिष्ठ अधिकृत कुमारप्रसाद निरौलाले जानकारी दिए ।
त्यस्तै गडिया खोलाका कारण सोराभाग र केसलिया खोलाका कारण विराटनगर महानगरपालिका– १२ दरैयाबस्ती र ४ को इग्राही बाढीको अति जोखिममा छन् । रेडक्रसका अनुसार बाढीका कारण गत वर्ष मोरङमा १४ जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका थिए । विभिन्न खोलामा आएको बाढीका कारण गत वर्ष जिल्लामा तीन हजार पाँच सयबढी घरपरिवार विस्थापन भएका थिए ।

बाढीका कारण सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका स्थानीय तहहरुले बजेट छुट्याएका छन् । यस वर्ष नगरपालिकाका सबै वडामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेकाले बाढीबाट हुने क्षति र जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गरिएको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो बताउँछन् । बाढीको जोखिम हुने स्थानका वडाध्यक्ष तथा सदस्यलाई विशेष जिम्मेवारीसमेत दिइएको छ ।

नदी कटान नियन्त्रणका लागि तटबन्धन निर्माण तथा बाढीका कारण विस्थापित भएकाको उद्धार र उनीहरुको व्यवस्थापनका निमित्त गाउँसभाबाट बजेट विनियोजन भइसकेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । उनका अनुसार बक्राहा खोलाले सबैभन्दा बढी धनजनको क्षति पु¥याउँदै आएको छ ।
(रासस)