गृहपृष्ठ लागु औषधसहित एक जना पक्राउ
लागु औषधसहित एक जना पक्राउ
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले बिहिबार बिहान नागढुङ्गामा जाँचका क्रममा काठमाडौंका ३७ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो ।
प्रभागका प्रहरी निरीक्षक केशवराज भट्टले दाङबाट काठमाडौं आउँदै गरेको ना. ६ ख ७९१० नम्बरको बसमा गुरुङलाई लागु औषधसहित पक्राउ गरेको जानकारी दिए । गुरुङको साथबाट प्रहरीले १०० एम्पुल डाइजेपाम, १०१ एम्पुल नुर्फिन र १०० एम्पुल फेनार्गन बरामद गरेको छ ।
प्रकाशित समय : २२:४१ बजे



















