गृहपृष्ठ सुरक्षा गार्ड भट्टराईको हत्या गर्ने पक्राउ
सुरक्षा गार्ड भट्टराईको हत्या गर्ने पक्राउ
गएको भदौ २ गते विराटनगरस्थित न्यूविक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्यामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हत्यामा संलग्न रहेको आरोपमा विराटनगर ४ जामुनगाछीका २६ वर्षीय संजय सहनीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।
केही दिन अघि मृत भेटिएका सुरक्षागार्ड भट्टराईको आपसी विवादका कारण हत्या भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले आपसी वादविवादपछि सहनीले भट्टराईलाई रड प्रहार गरेर हत्या गरेको बताए ।
सहनीले भट्टराईको साथमा रहेको २ हजार ५ सय नगद र मोबाईल समेत लुटेका थिए ।
हत्यापछि फरार भएका सहनीलाई आइतबार विराटनगरको सिमाक्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक केसीले जानकारी दिए ।
प्रकाशित समय : १६:११ बजे



















