global ime bank Long Banner Ad

गृहपृष्ठ निर्मला हत्या प्रकरण : शुन्यबाट अनुसन्धान सुरु

निर्मला हत्या प्रकरण : शुन्यबाट अनुसन्धान सुरु

निर्मला हत्या प्रकरण : शुन्यबाट अनुसन्धान सुरु

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको विषयमा उच्चस्तरीय समितिले शुन्यबाट अनुसन्धान सुरु गरेको छ । गृह मन्त्रालयका सह सचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले घटाना शुन्यबाट अनुसन्धान सुरु गरेको हो ।

दुई दिनसम्म राजनीतिक दल र नागरिक समाजसँग छलफल गरेपछि समितिले रोशनी बमको घरबाट छानबिन सुरु गरेको छ । रोशनी मृतक निर्मलाकी साथी हुन ।

समितिका संयोजक मैनालीले बमको घरबाट अनुसन्धान थालिएको बताए । निर्मला गत साउन १० गते साथी रोशनीको घरमा गृहकार्य गर्न गएकी थिइन् । उक्त घरमा प्रहरीले छानबिन नगरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । बम दिदीबहिनीलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ ।

पक्राउ परेका बम दिदीबहिनीमाथि थप छानबिनका लागि आइतबार अदालतबाट म्याद समेत थप गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

छानबिन समितिले भिमदत्त नगरपालिका १८ स्थित भगतपुरको उखुबारीमा पुगेर घटनास्थलको अवलोकन तथा अध्ययन गरेको छ । सोही ठाउँमा साउन ११ गते निर्मलाको शव भेटिएको थियो । त्यसैगरी,समितिले निर्मलाका परिवारसँग पनि भेटेर घटानाको विषमा जानकारी लिएको छ । भेटका क्रममा निर्मलाका बुवा एकराज पन्तले घटनाको निश्पक्ष छानबिन गर्न समितिलाई आग्रह समेत गरेका छन्

कर्फ्यु हटेसँगै जनजीवन सामान्य

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा लगाइएको कर्फ्यु हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ । सोमबार बिहान ५ बजेबाट प्रशासनले कर्फ्यु हटाएको छ । तर दिउँसो १२ बजेपछि फेरि कर्फ्यु जारी रहले प्रशासनले जनाएको छ ।

निर्मलाका वास्तविक हत्यारालाई कारबाहीको माग गर्दे स्थानियले गरेको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर सन्नी खुनाको मृत्यु भएपछि स्थित तनावग्रस्त भएकाले प्रशासनले कर्फ्यु लगाएको हो । छानबिन समितिले शुन्यबाट अनुसन्धान सुरु गरेपछि आन्दोलन सामान्य बन्दै गएको हो ।

प्रकाशित समय : १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु