काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महाधिवेशनको तयारीमा जुट्यो राजपा, अध्यक्ष मण्डलको बैठक बस्दै

11.24K
shares

महाधिवेशनको तयारी गर्न राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बस्दै छ । सोमबारका लागि बोलाइएको बैठकमा जिल्ला अधिवेशनको टुंगो लगाउने नेताहरुले बताएका छन् । पार्टीको महाधिवेशन अघि नै जिल्ला अधिवेशन गर्नुपर्ने भएकाले राजपा छलफलमा जुटेको हो ।

अधिवेशन गर्नका लागि जिल्ला समितिहरुलाई पहिले नै पत्र तयार पारे पनि केन्द्रले पठाएकाे छैन । केन्द्रले पत्र नपठाएकाले जिल्लाहरुमा अधिवेशन हुन नसकेको हो ।

बैठकमा संविधान संशोधनका विषयमा पनि छलफल हुने राजपाका महासचिव केशब झाले बताए । संविधान संशोधन गर्न राजपाले सरकारलाई दबाब दिँदै आएको छ । प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन गर्ने आश्वासन दिए पनि संशोधन प्रक्रिया अगाडी बढेको छैन ।

असोज ३ गते संविधान दिवस अघि नै संशोधन प्रक्रिया अगाडी बढाउनु पर्ने नेताहरुले बताएका छन् । राजपाले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै आएको छ ।