तरुण दल अध्यक्ष पुनको हत्या भएको विरोधमा रोल्पा बन्द
वि.सं.२०७५ भदौ २५ सोमवार १३:१८
shares

नेपाल तरुण दलले रोल्पा बन्द गरेको छ । रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको विरोधमा तरुण दलले आज रोल्पा बन्द आह्वान गरेको हो । बन्दका कारण जनाजिवन प्रभावित भएको छ । यातायात शिक्षण संस्था र बजार ठप्प भएको छ । तरुण दलले हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ ।
आइतबार सुलीचौर नजिकैको रेस्ट पोइन्ट रेस्टुरेन्ट एन्ड बारमा गोली चल्दा पुनको मृत्यु भएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा रोल्पा नगरपालिका–१० का धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई पक्राउ गरेको छ । घर्तीको साथबाट पेस्तोल र उनले प्रयोग गरेको बा १२ च ७३५२ नम्बरको कार पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

























