इड्लिब हमला २१ औं शताब्दीको खराब हमला हुनसक्ने : राष्ट्रसंघ
वि.सं.२०७५ भदौ २६ मंगलवार ०२:३३
shares

संयुक्त राष्ट्रसंघका मानवीय सहायता मामिला हेर्ने प्रमुखले सिरियामा रूसी सहयोग प्राप्त सरकारी सेनाले गरेको हवाई हमला २१ औं शताब्दीकै विनाशकारी मानवीय क्षति निम्त्याउने घटना बन्ने चेतावनी सोमबार दिएका छन् ।
रुस, टर्की र इरानका राष्ट्रप्रमुखको पहलमा तेहरानमा केही दिन पहिले वार्ताका लागि पहल भए पनि उक्त प्रयास सफल हुन नसकेपछि रुसी सहयोगप्राप्त सिरियाली सेनाले सिरियाली विपक्षी दलहरूको प्रभाव क्षेत्रमा शनिबारदेखि आक्रमण थालेका हुन् ।
इड्लिबमा एक्काइसौं शताब्दीकै भयानक दुर्घटनालाई जोगाउने हो भने धेरै समय नलिइकन यसको समाधानको प्रयास थाल्नु जरुरी रहेको छ, जेनेभास्थित राष्ट्रसंघीय प्रतिनिधि मार्क लोककले सञ्चारकर्मीसँग बताए ।
उनको भनाई इरान तथा रूसी सहयोग प्राप्त सिरियाली फौजले सिरियाको विद्रोही नियन्त्रित उत्तरपश्चिमी प्रान्तमा आगामी दिनमा हुने भनी आएका हवाई आक्रमणसम्बन्धी सूचनापछि आएको हो । सेनाले उक्त क्षेत्रमा शनिबारदेखि नै आक्रमण शुरु गरिसकेको छ ।
याे पनि पढ्नुहाेस ।

























