काठमाडौंको ज्याथामा भिषण आगलागी,चार जना घाइते
वि.सं.२०७५ भदौ २६ मंगलवार १३:०७
shares

काठमाडौंको ज्याथामा भिषण आगलागी भएको छ । मंगलबार बिहान आगलागी हुँदा तीन वटा घरमा क्षति पुगेको छ । एक ट्राभल एजेन्सीको कार्यालयबाट आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । आगो निभाउन काठमाठौं उपत्यकाका सबै दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट हिमाल आरोहणमा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट भएको थियो । ग्यास सिलिन्डर विस्फोट भएपछि सो क्षेत्रमा भागदौड मच्चिएको थियो । भागदौडका क्रममा चार जना घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेकाे छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

























