काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चालकका कारण पेट्रोलियम पदार्थको अभाव

14.22K
shares

ट्यांकर चालकहरुले इन्धन ढुवानी नगर्दा प्रदेश १ मा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोल डिजेल अभावका कारण इन्धन ब्यवसायीले पम्पहरु बन्द गर्दा सर्वसाधारण मर्कामा परेका छन् ।

विभिन्न कारणले नेपाल आयल निगमको क्षेत्रीय डिपो विराटनगरबाट इन्धन ढुवानी हुन नसक्दा पम्पहरुमा इन्धनको अभाव देखिएको हो । गएको भदौ १ देखि लागू गरिएको मुलुकी फौजदारी संहितामा चालकहरुलाई जेल सजाय दिने प्रावधान राखिएको भन्दै त्यसको परिमार्जनको माग गर्दै चालकहरुले ढुवानी अवरुद्ध गरेको बताइएको छ ।

पेट्रोलियम ट्यांकर चालक संघ विराटनगरले संहिता परिमार्जनको माग गर्दै चालकहरुले स्वतस्फूर्त रुपमा ट्यांकर नचलाएको जनाएको छ । प्रदेशभर २ सयभन्दा बढी पेट्रोल पम्पहरु छन् ।