काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सर्वाेच्चको आदेशमा छुटेका प्रकाण्ड पुनः पक्राउ

8.58K
shares

 

सर्वाेच्च अदालतको आदेशमा छुटेका नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगत्तै पुनः पक्राउ परेका छन् । सर्वाेच्च अदालतले विश्वकर्मालाई शुक्रबार थुनामुक्त गर्न आदेश दिएको थियो । सोही आदेशमा छुटेका विश्वकर्मा लगत्तै पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार यसपटक उनलाई काभ्रेमा रहेको मुद्दाका सम्बन्धमा पक्राय गरिएको छ । काभ्रेमा उनीविरुद्ध मुद्दा रहेको र त्यहाँ बुझाइने प्रहरीले जानकारी दिएको छ । काठमाडौं प्रहरीले भने उनलाई चन्दा असुल गरेको आरोपमा टौ दहबाट नियन्त्रणमा लिएको थियो ।