काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

५६ लाख घरधुरीलाई विद्युत मालिक बनाउँछौं : ऊर्जा मन्त्री

7.51K
shares

 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने बताएका छन् । उनले त्यसका लागि आकर्षक जलविद्युत आयोजनाको निर्माण गरिने जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले प्राधिकरणको अगुवाईमा हरेक नेपालीको लगानी सुनिश्चित हुने गरी निर्माण हुने त्यस्ता आयोजना राजनीतिक प्रभाव र दवावमा छनोट नगरिने प्रष्ट पारे ।

‘आकर्षक आयोजनाको छनोट गरी ५६ लाख घरधुरीको सेयर लगानी सुनिश्चित हुने गरी आयोजना निर्माण गर्ने छौं, राज्यको अगुवाइमा निर्माण हुने आयोजनामा सेयर लगानी गरी जनताले प्रतिफल पाउँछन्,’ उनले भने । ‘विगतमा भनसुन, राजनीतिक प्रभाव र दवावमा गलत आयोजना छनोट गर्दा आयोजनाको लागत दोब्बर÷तेब्बर भएको छ भने निर्धारित समयमा सकिएको छैन, अब त्यस्तो हुने छैन, प्रतिश्पर्धी र आकर्षक आयोजना छनोट गरी निर्माण गरिने छ ।’

प्राधिकरण र निजी क्षेत्रले आयोजनाको विद्युतको जडित क्षमता बराबर भइसकेको उल्लेख गर्दै मन्त्री पुनले प्राधिकरणले आफ्नो कार्यशैलीमा परिवर्तन गरी प्रतिश्पर्धी बन्नु पर्नेमा जोड दिए ।
‘एउटा ठेकेदार कम्पनीले ७४ वटा आयोजनाको ठेक्का लिएको जानकारी पाएका छौं, यस्तो अवस्थामा ती आयोजनाको निर्माण कसरी हुन्छ ?’,उनले भने । ‘लोडसेडिङ अन्त्य भएसँगै प्राधिकरणले प्रवाह गर्ने विद्युत सेवाको गुणस्तरबारे धेरै गुनासा आइरहेका छन्, लोडसेडिङ अन्त्य गर्न जेजस्ता कदम चालिएका थिए अब प्रणालीलाई सुधार गरी विद्युत आपूर्तिलाई भरपर्दो र विश्वसनीय बनाउन सोहीअनुसार चल्नु पर्छ ।’

कार्यक्रममा ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्यायले उत्पादित विद्युत खपत बढाउने गरी र सरकारले अगाडि बढाएका नीति कार्यान्वयनमा सहजीकरण गरी अगाडि बढ्न निर्देशन दिए ।

कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको वार्षिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्षमा प्राधिकरण १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न र विद्युत चुहावट २०.४५ प्रतिशतमा झार्न सफल भएको बताए । ‘तराईका औद्योगिक कोरिडोर र काठमाडौं लगायतका मुख्य सहरहरुमा आगामी दश वर्षभित्रमा १० हजार मेगावाट विद्युत आपूर्ति गर्न सक्ने बितरण प्रणाली विस्तार गरिने छ’,उनले भने । ‘सहरी सन्दरता अभिवृद्धि गर्न एवं विद्युत सेवा भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन काठमाडौं उपत्यका लगायत देशक प्रमुख सहरमा भूमिगत वितरण प्रणालीलाई विस्तार गरिने छ ।’