काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

यी पाँच स्थानीय तहमा कर नबढ्ने

8.09K
shares

राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेका पाँच स्थानीय तहमा कुनै पनि शीर्षकमा कर नबढ्ने भएको छ । आवश्यकता हेरेर बरु कर मिनहा गरिने भएको छ । राप्रपाले आफूले जितेका स्थानीय तहलाई कर नबढाउन निर्देशन दिएसँगै झापा, बाँके र धादिङ गरी पाँच स्थानीय तहका बासिन्दाले राहत महशुस गर्ने भएका हुन् ।

झापाको गौरीगञ्ज गाउँपालिका, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, धादिङको रुवीभ्याली गाउँपालिकामा कर नबढ्ने राप्रपाका महामन्त्री राजेन्द्र लिङदनले बताए ।

निर्देशन पाएका स्थानीय तहका प्रमुखले पार्टीको निर्देशन मान्ने बताएका छन् । नेपालगन्ज उपमहानगरका प्रमुख धवलशमशेर राणाले पार्टीको निर्देशनअनुसार बरु आवश्यकता हेरेर कर मिनहा गरिदिने बताए ।