काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सरकारलाई राप्रपाको चुनौती, कर नबढाउन पाँच स्थानीय तहलाई निर्देशन

10.89K
shares

स्थानीय तहले जथाभावी कर बढाउन थालेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले कर फिर्ता लिन निर्देशन दिएको छ । आफ्ना पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई पत्राचार गरी कर नबढाउन र सकेसम्म कर मिनाहा गर्न उसले निर्देशन दिएको हो । यसअघि नतिरेको ठाउँमा पनि कर तिर्नुपर्दा र तिर्दै आएको ठाउँमा पनि कर बढ्दा नागरिक निराश भएको भन्दै कर नबढाउन निर्देशन दिइएको राप्रपा महामन्त्री राजेन्द्र लिङदेनले जानकारी दिए ।

‘नागरिकलाई घरदैलोमा सहज र सरल रुपमा सेवा दिनुपर्ने दायित्व भएका नगरपालिका र गाउँपालिकाले नगर तथा गाउँसभाबाट जथाभावी कर बढाउनु गलत हो ।’ लिङदेनले न्यूज कारोबारसँग भने, ‘त्यसैले हामीले त्यसो नगर्न भनेका हौँ ।’

पर्टीको निर्देशन पाएसँगै, राप्रपाका नेताहरुले जितेको झापा, बाँके र धादिङका स्थानीय तहहरुमा कर नबढ्ने भएको छ । राप्रपपाले ५ वटा स्थानीय तहमा जितेको छ । झापाको गौरीगञ्ज गाउँपालिका, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, धादिङको रुवीभ्याली गाउँपालिकामा कर नबढ्ने भएको हो । सकेसम्म कुनै करमा मिनाहसमेत हुने बताइएको छ । अरु तहमा कर बढेर नागरिक निराश भएका बेला राप्रपाले नेतृत्व गरेका पाँच स्थानीय तहमा कर नबढे त्यहाँका बासिन्दाले राहत महशुस गर्नेछन् ।

जनतालाई सुविधा सहजै नदिई अहिल्यै कर नलिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख तथा राप्रपा नेता धवल शमशेर राणा बताउँछन् । ‘देश संघीयतामा गएसँगै सेवा सुविधा सहजै प्राप्त गर्ने नागरिकको अपेक्षा थियो र अहिले पनि छ । तर, संरचना परिवर्तन भएपछि बनेका स्थानीय सरकार र चुनिएका जनप्रतिनिधिले कर बढाएकै कारण आलोचित हुनुपरेको छ । चुनावका बेला गरेका बाचा चटक्कै बिर्सेर जनतामाथी करको बोझ बढाउँदै लगिएको छ, तर हामी हाम्रो क्षेत्रमा यसो गर्दैनौ’ राणाले न्यूज कारोबारसँग भने ।

आवश्यक ठाउँमा कर तिर्नु नागरिकको कर्तव्य हो । तर, नागरिकले  बिना शुल्क वा न्यूनतम शुल्कमा प्राप्त गर्न सक्ने  जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ताजस्ता काममा पनि स्थानीय तहले चर्को शुल्क लिने गरेपछि आलोचना बढेको छ । कुनै स्थानीय तहमा जन्मदर्ता, मृत्युदर्ता, नागरिकताजस्ता सिफारिसका लागि तिनुपर्ने रकम पहिलाकोभन्दा निकै बढेकोछ ।

केही स्थानीय तहले सम्पत्तिको कर बढाएका छन् । यसअघि नतिरेको ठाउँमा पनि कर तिर्नुपर्दा र तिर्दै आएको ठाउँमा पनि कर बढ्दा नागरिकबाट गुनासो आएपछि आफ्ना नेता प्रमुख रहेको स्थानीय तहमा राप्रपाले नबढाउन तथा नयाँ शीर्षकमा कर नलिन भनेको हो ।

जनप्रतिनिधिहरुले स्थानीय विकासकै लागि भनेर कर बढाएको बताइरहँदा राप्रपाले किन कर नबढाउन निर्देशन दियो भन्नेबारे सो पार्टीका महामन्त्री राजेन्द्र लिङदेनसँग संक्षिप्त कुराकानी गरिएको छ ।

 

अहिले स्थानीय तहले विभिन्न शीर्षकमा कर असुल्न थालेका छन् । पहिलेका शीर्षकमा बढाइएको छ, यसमा राप्रपाको धारणा के हो ?
हामीले पहिले नै संघीयताको विरोध गरेका हौँ । केन्द्र र स्थानीय तह भएपछि बीचको प्रदेश आवश्यक छैन भनेर हामीले पहिल्यै भनेका थियौँ । तर, संघीयता कायम भयो । र, अहिले कार्यान्वयनको सिलसिलामा त्यसको परिणाम राम्रो देखिएको छैन । जनताले अनावश्यक रुपमा तीन तहको कर तिर्नुपरेको छ । करमा पनि अनावश्यक बृद्धि भएको छ । झन् स्थानीय तहमा अचाक्ली भएको कर बृद्धिको जनताले चौतर्फी विरोध गरेका छन् । हामीले पनि भत्र्सना गरेका छाँै । थोरै मात्र स्थानीय तहमा राप्रपाका नेताहरुले चुनाव जितेर नेतृत्व गरेका छन् । र ती स्थानीय तहमा साविकको कर दरलाई कायम राख्न भनेर पार्टीले निर्देशन दिएको छ । र, गरिब जनतालाई कर मिनाह गर्न पनि राप्रपाले आफ्ना नेताहरुले नेतृत्व गरेका स्थानीय तहलाई निर्देशन दिएको छ ।

अहिलेका स्थानीय तह शक्तिशाली छन्, केन्द्रका सबै काम त्यहीँबाट हुन्छन्, कर नलिई कसरी काम गर्न सकिन्छ ?
कर नलिई पनि चलाउन सकिन्छ । अहिले त मरेको बाख्रो, जोगी, घाँस काट्न जानेलाई, नदी तर्नेलाईसमेत कर लिएर आतंकित पार्ने काम भएको छ । करका शीर्षकहरु सुन्दा नै अचम्म लाग्छ । २–२ वटा अण्डा बेचेर छोराछोरीलाई किताबकापी किन्छु भन्ने गरिब किसानबाट कर लिइएको छ । जंगलमा निगुरोको मुन्टा चिमोटेर बेच्नेसँग पनि कर लिइएको छ । त्यो पनि प्रचलित करभन्दा अवैज्ञानिक ढंगबाट ३–४ गुणा बढी छ । लिएर सरकार सम्पन्न हुन्छ भनेपनि यो कदम ठीक छैन । यसरी करको नाममा जनता लुट्ने काम बन्द हुनुपर्छ । अब यही कर आतङककै कारणले स्थानीय तह चल्दैन भन्ने सबैलाई थाहा भइसक्यो ।

करलाई कसरी व्यवस्थित गर्ने त ?
वैज्ञानिक र वस्तुगत ढंगबाट करको व्यवस्थापन गर्नुपर्छ । यो संघीयता धान्नको लागि जनतालाई यति ठूलो करको बोझ बोकाउनुपर्छ भने यो संघीयता खारेज हुनुपर्छ । अब संघीयता खारेजीको विकल्प देखिँदैन ।