काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

संचालनमा आयो कलङ्की अण्डरपास

10.83K
shares

बहुतिक्षीत कलङ्की अण्डरपास सञ्चालनमा आएको छ । अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने अपेक्षा गरिएको छ । चार लेनको अण्डरपासमध्ये शुक्रबारदेखि दुई लेन खुला गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । ‘दुई लेनमा निर्माण सामग्री राखिएकाले पञ्छाउन एक महिना लाग्छ, एक महिनापछि अण्डरपास चार लेनमै चल्छ,’ उनले भने, ‘अण्डरपासमा सवारी चालकलाई बानी पार्न एक हप्ता लाग्ने विश्वास गरिएको छ ।’

चीन सरकारको आर्थिक सहयोगमा कोटेश्वर–कलङ्की सडक विस्तारअन्तर्गत अण्डरपास निर्माण भएको हो । साउन पहिलो सातामै खोल्ने भनिए पनि निर्माण सम्पन्न नभएकाले अण्डरपास खोल्न समय लागेको थियो । अण्डरपास सञ्चालनमा ल्याउँदा सडक विभागले कुनै औपचारिक कार्यक्रम भने गरेन । परीक्षणका रुपमा सडक खोलिएकाले पछि औपचारिक कार्यक्रम गर्ने आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।