काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कञ्चनपुरका महिलाहरु तीजको दिन पनि विरोधमै

7.61K
shares

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले मुलुक आक्रान्त बनीरहेका बेला कञ्चनपुरका महिलाहरुले तीजको दिन पनि विरोध प्रदर्शन गरेका छन् ।

प्रहरीले मुख्य अभियुक्त भनी पक्राउ गरेका दिलिप सिंह विष्ट निर्दोश रहेको भन्दै छुटीसकेका छन् । त्यसो त स्थानीयहरुले विष्ट निर्दाेश रहेको भन्दै सुरुवातदेखि नै आवाज उठाउँदै आएका थिए । यद्यपी प्रहरीले उनलाई नै मुख्य अभियुक्त भन्दै पक्राउ गरेको थियो ।

प्रहरीले विष्टलाई पक्राउ गरेपछि वास्तविक अपराधीलाई प्रशासनले बचाउन खोजेको भन्दै स्थानीय आक्रोशित भएका थिए । सोही घटनाकी पीडित निर्मला पन्तका बलात्कारी र हत्यारालाई आहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

लामो समय वित्दा पनि बलात्कार र हत्याको सिकार भएकी बालिकाले न्याय पाउन नसकेका बेला आएको तीज कञ्चनपुरमा पनि आयो, तर रौनक भने आउन सकेन । एकातार्फ एउटी बालिकामाथि चरम अन्याय र अत्याचार भइरहेको र पीडकको पहिचान पनि हुन नसकेका बेला सोही स्थानका अन्य महिलाले कसरी पो हासी खुसी पर्व मनाउन सक्छन् र ! यसैको फलस्वरुप उनीहरुले तीजको दिन कालो पहिरन लगाएर प्रदर्शन गरे ।

तीजमा महिलाहरु विशेष रातो पहिरनमा सजिने गर्दछन् । तर, कञ्चनपुरका महिलाहरु भने रातो पहिरनमा होइन कालो पहिरनमा सजिए । बुधबार कालो पहिरन लगाइका महिलाहरुले कञ्चनपुरस्थित मदन चोकमा धर्ना दिएपछि बजारतिर लागे ।

प्रहरीद्वारा पक्राउ गरिएका दिलिप विष्ट स्थानीयको दावीझैँ निर्दाेश सावित भएपछि आगामी अनुसन्धानको बारेमा सर्वत्र चासो बढेको छ । यद्यपी घटना भएको झण्डै डेढ महिना वितिसकेको कारण घटनासँग सम्बन्धित प्रमाणहरु नष्ट हुने सम्भावना धेरै रहेको स्थानीयको चिन्ता छ ।