गृहपृष्ठ प्रधानमन्त्री भन्छन्- मुलुकी संहिता संशोधन हुन्छ
प्रधानमन्त्री भन्छन्- मुलुकी संहिता संशोधन हुन्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी फौजदारी तथा देवानी संहिताका कमी कमजोरी सच्याउन तयार रहेको बताएका छन् । मुलुकी ऐनलाई विस्थापित गर्दै आएको संहिताका केही प्रावधानको व्यापक विरोध भइरहँदा प्रधानमन्त्रीले त्यसका कमी कमजोरी सच्याउन सरकार तयार रहेको बताएका हुन् ।
मंगलबार संसदमा प्रधानमन्त्री ओलीले संहिता सच्याउन सरकार तयार रहेको मात्र बताएनन् त्यसलाई लिएर सरकारको आलोचना गर्नु पनि औचित्यहीन रहेको उल्लेख गरे । कांग्रेस नेतृत्वको सरकारका पालमा संसदबाट पास भई राष्ट्रपतिले त्यतिबेलै लालमोहर लगाएको संहिताको दोष अहिलेको सरकारमाथि थोपर्नु न्यायसंगत नभएको टिप्पणी गरे ।
प्रकाशित समय : २२:३१ बजे



















