global ime bank Long Banner Ad

गृहपृष्ठ साल्ट ट्रेडिङ कर्पाेरेसन सेवामूलक बन्नुपर्छ : मन्त्री यादव

साल्ट ट्रेडिङ कर्पाेरेसन सेवामूलक बन्नुपर्छ : मन्त्री यादव

साल्ट ट्रेडिङ कर्पाेरेसन सेवामूलक बन्नुपर्छ : मन्त्री यादव

साल्ट ट्रेडिङ कर्पाेरेसनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ । बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पाेरेसनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो ।

विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरु खरिद गरी उखु खेतीलगायत अन्य खेतीमा आधुनिकरण गर्न शुरु गरेको कर्पाेरेसनले जनाएको छ । कर्पाेरसनको ५६ औं वार्षिकोत्सका अवसरमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।

पछिल्लो समय कर्पाेरेसनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको संख्या ९१ प्रतिशत माथि पुगेको छ । नेपाल नुनलाई आयोडिनयुक्त गर्ने विश्व संस्थाको सदस्य राष्ट्र हो । सो संस्थाले आयोडिनयुक्त नुनको प्रयोग ९० प्रतिशत भन्दामाथि बनाउने लक्ष्य निर्धारण गरेको छ ।

सन् १९८५ मा नेपालमा आयोडिन युक्त नुनको अभावले लाग्ने गलगाँड रोगीको संख्या ४४.२ थियो । यो संख्या सन् २००७ मा शुन्यमा झरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले कर्पाेरेसनलाई आगामी दिनमा सेवामूलक संस्थाको रुपमा विकसित गर्नुपर्ने खाँचो औंल्याए ।

‘कर्पाेरेसनले आफ्नो उद्देश्यअनुसार आम जनतालाई सुपथ एवं सहज रुपमा गुणस्तरीय उपभोग्य वस्तु बिक्री वितरण गर्ने कार्य राम्रो छ, आगामी दिनमा अझ प्रभावकारी बनाउन जरुरी छ,’ उनले भने ।

सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा रहेको कर्पाेरेसनले नाफामूलकभन्दा सेवामूलक व्यापारमा जोड दिएको वताए ।

कर्पाेरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले विगत अगामी वडा दशै, तिहार तथा छठपर्वलाई ध्यानमा दिई सबै प्रदेशमा सुपथ मूल्यका पसलमार्पmत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जानकारी दिइन् । रासस ।

प्रकाशित समय : २३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु