global ime bank Long Banner Ad

गृहपृष्ठ नेकपाको सचिवालय बैठक बिहीबार पनि बस्ने

नेकपाको सचिवालय बैठक बिहीबार पनि बस्ने

नेकपाको सचिवालय बैठक बिहीबार पनि बस्ने

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले तल्ला तहको एकतामा देखिएको विवाद मापदण्ड र विधि बनाएर टुंगो लगाइने प्रस्ताव प्रस्तुत भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा यस्तो प्रस्ताव गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

तर, बुधबार छलफल नसकिएको भन्दै बिहीबारका लागि बैठक पुनः डाकिएको छ । तल्ला तहको एकीकरणका क्रममा पूर्व एमालेभित्रै विवाद देखिएको छ । एकताका लागि भएको सिफारिसप्रति नेकपाका नेता माधव नेपाल समूहले असहमति जनाउँदै आएको छ ।

जसका कारण अध्यक्षद्वय ओली र प्रचण्डले मापदण्ड र विधि बनाएर एकता टुंग्याउने प्रस्ताव गरेको बुझिएको छ । बुधबार छलफल नसकिएपछि बिहीबार दिउँसो ३ बजे पुनः सचिवालयको बैठक बस्ने भएको छ ।

मुख्यतः नेकपाभित्र सांगठनिक एकताका सम्बन्धमा तीब्र विवाद देखिएको छ । श्रेष्ठका अनुसार बुधबारको बैठकमा महासचिव विष्णु पौडेलले एकता सम्बन्धमा प्राप्त प्रतिवेदनहरु बैठकमा पेश गरेका छन् ।

प्रकाशित समय : ०१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु