गृहपृष्ठ राष्ट्रकविलाई राष्ट्रपतिले दिइन् जन्मदिनको शुभकामना
राष्ट्रकविलाई राष्ट्रपतिले दिइन् जन्मदिनको शुभकामना
राष्ट्रकवि माधव घिमिरे एक सय वर्षमा प्रवेश गरेका छन् । एक सय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई शुभकामना दिन राष्ट्रपति विद्यादेवी भण्डारी, आफन्त र शुभचिन्तक उनकै निवासमा पुगेका छन् । राष्ट्रपति भण्डारी राष्ट्रकवि घिमिरेलाई शुभकामना दिन फूलको बुकी बोकेर पुग्नु भएको थियो ।

राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिनुभयो । एक सय वर्ष पुगेको अवसरमा घिमिरेले पूजापाठ समेत गरेका थिए । राष्ट्रकवि घिमिरे विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका हो ।

तस्बिर : रासस
प्रकाशित समय : १७:१७ बजे



















