काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निर्मलाको परिवारलाई न्याय दिन ढिलाई गरिनु हुन्न : राष्ट्रपति भण्डारी

11.05K
shares

राष्ट्रपति विद्यादेवि भण्डारी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई चिन्तित तुल्याएको बताएकी छन् । राष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा राष्ट्रपति भण्डारीले निर्मला हत्याका संलग्नलाई कारबाही गर्न सरकारको ध्यानकर्षण समेत गराइन् ।

‘बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्यायको खोजीमा छटपटाउँदै हिँड्ने अवस्था आउनु दुःखद हो, दोषीलाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन ढिलाइ गरिनु हुन्न,’ राष्ट्रपति भण्डारीले भनिन् ।

न्याय माग्दै निर्मलाका बुबा आमा काठ्माडौं आएका छन् । उनीहरुले राष्ट्रपति भण्डारीलाई भेट्ने तयारी समेत गरेका छन् ।