काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एसिया कप छनोट : नेपालको दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

8.81K
shares

एसिया कप छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ । आइतबार मलेसियाको यूकेएम ओभलमा भएको खेलमा सिंगापुरलाई चार विकेटले पराजित गर्दै नेपालले दोस्रो जित हात पारेको हो ।

१५२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपालले २८ दशमलव १ ओभरमा पूरा ग¥यो । लक्ष्य पूरा गर्न नेपालको लागि अनिल कुमार शाहले ४३ र दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए । ज्ञानेन्द्र मल्लले २९, सुवास खकुरेल र सागर पुनले समान १४-१४ र कप्तान पारस खड्काले ११ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभर खेल्दै सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । सिंगापुरलाई १५१ रनमै समेट्न ललित नारायण राजवंशी र सन्दीप लामिछानेले समान ३-३ विकेट लिएका थिए ।

नेपालका लागि सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए । जितसँगै नेपाल ४ अंकसहित चौथो स्थानमा छ । सुरुका दुईवटा हारसँगै नेपाल छनोट हुनको लागि अन्य टिमको जित हारमा निर्भर रहनुपर्ने भएकाे छ । आजको अर्को खेलमा ओमानलाई हङकङले हराएमा नेपालको एसिया कपमा सम्भावना बढ्ने छ ।

यसअघि शनिबार भएको खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको थियो ।  नेपाल पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।