दक्षिण कोरियालाई सैन्य सामग्री खरिद गर्न अमेरिकी स्वीकृति
वि.सं.२०७५ भदौ २९ शुक्रवार २१:१४
shares

संयुक्त राज्य अमेरिकाले बिहीबार दक्षिण कोरियालाई नयाँ लडाकु विमान र क्षेप्यास्त्र बिक्रि गर्न लागिएकामा स्वीकृति प्रदान गरेको छ । दुई अर्ब ६० करोड डलरमा नयाँ लडाकू विमान र क्षेप्यास्त्र बिक्रीलाई अमेरिकाले स्वीकृति प्रदान गरेको हो ।
प्रतिसुरक्षा सहयोग एजेन्सीले एक वक्तव्यमा दक्षिण कोरियालाई छ वटा पोसीडान नामक लडाकू बिमान दुई अर्ब १० करोड डलरमा बिक्री गर्न लागिएको जनाएको छ । साथै करिब ५० करोड १० लाख मूल्यमा ६४ प्याट्रिओट क्षेप्यास्त्र र त्यससँग सम्बन्धित अन्य उपकरण बिक्री गर्न स्वीकृति दिइएको छ ।
अमेरिकी कंग्रेसले उक्त सौदाबाजीमा विमती जनाउन वा रद्द गर्न सक्दछ तर सिओल र वासिङ्टनबीचको प्रगाढ सम्बन्धका कारण यस सम्झौतामा कुनै परिवर्तन हुने सम्भावना छैन ।
पी–८ ए सिरिजको बोइङले निर्माण गरेका यी लडाकू जहाजहरु खासगरी जासुसी र हवाई प्रत्याक्रमणमा प्रयोग हुनेछन् ।
उत्तर कोरिया र अमेरिकाबीच वार्ताको सिलसिला जारी रहेकै अवस्थामा हुन लागेको यो सौदाबाजीले उत्तर कोरियामाथि दबाब सिर्जना गर्ने अनुमान गरिएको छ ।

























