गृहपृष्ठ ओलीले थाले मन्त्रीको अनुगमन, काम नगर्नेलाई फायर गर्ने
ओलीले थाले मन्त्रीको अनुगमन, काम नगर्नेलाई फायर गर्ने
सरकारमाथि जनताको विश्वास र भरोसा कम हुँदै गएको भन्ने आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीको अनुगमनको लागि टोली खटाएका छन् । दुई तिहाई बहुमतबाट बनेको शक्तिशाली सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको भन्दै आलोचना बढेपछि समस्या औंल्याउन अनुगमन टोली खटाइएको हो ।
‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएको सरकारबाट प्रतिबद्धताअनुसार काम नभएको भन्दै आँफै असन्तुपष्ट रहेका प्रधानमन्त्री ओलीले मन्त्रीको कामकावाहीप्रति छड्के अनुमगन खटाएका हुन् । कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको फितलो अनुसन्धान र अपराधी जोगाउने प्रहरी प्रशासनको मिलेमतो भएको भन्दै व्यापक आलोचना भएपछि अक्रोशित प्रधानमन्त्रीले लापरवाही गर्ने मन्त्रीलाई हटाउने भन्दै अनुगमन टोली खटाएको बताइन्छ ।
सरकारको कामकारवाहीलाई जनताले देख्ने गरी व्रभावकारी बनाउन अनुगमन भइरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सह सचिव विनोद बहादुर कुँवरले बताए । ‘लक्ष्य र योजना अनुसार किन काम भएन ? के कारणले काम हुन सकेन यसबारे अध्ययन गर्दै, कसरी काम प्रभावकारी बनाउन सकिन्छ भनेर खोज्न मद्धत मिल्ने भएकाले अनुगमन थालिएको हो,’ उनले भने ।
मन्त्रिपरिषद हेरफेर नहुने बताउदै आए पनि काम चित्त नबुझेका मन्त्रीहरुलाई ‘फाएर गर्ने’ उनको सोचाई रहेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले बताएका छन् । ‘मन्त्रीहरु भषण गर्ने तर काम नगर्ने भएपछि कसले के कसरी काम गर्दैछ भन्ने बुझ्न टोली परिचालन गरिएको छ, प्रधानमन्त्री कार्यालयको प्रादेशिक समन्वय तथा योजना महाशाखाले यी काम गरिरहेको छ,’ प्रधानमन्त्री कार्यालयका अधिकारीहरु भन्छन् । सचिव केदार बहादुर अधिकारी प्रमुख रहेको महाशाखाले अनुगमन गरिरहेको छ । टोलीलले कार्ययोजना अनुसार काम भयो भएन, नभएको भए किन भएन तथा परिणाममुखी काम नदेखिनुका कारणबारे अध्ययन गरिरहेको छ ।
सरकार बनेको ६ महिना वितिसक्दा पनि अपेक्षाकृत प्रगति नभएको र चौतर्फी आलोचना मात्रै भएपछि प्रधानमन्त्री ओलीले मन्त्रालयका काम कारवाहीमाथि निगरानी बढाएका हुन् ।
प्रकाशित समय : ००:४५ बजे


















