गृहपृष्ठ यस्ताे देखियाे इन्द्रजात्रा, हेर्नुस् १५ तस्बिरमा (फाेटाे फिचर)

यस्ताे देखियाे इन्द्रजात्रा, हेर्नुस् १५ तस्बिरमा (फाेटाे फिचर)

यस्ताे देखियाे इन्द्रजात्रा, हेर्नुस् १५ तस्बिरमा (फाेटाे फिचर)

इन्द्रजात्राको मुख्य दिन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् । सोमबार साँझ हनुमान ढोकाको गद्दि बैठक पुगेर राष्ट्रपति भण्डारीले इन्द्रजात्रा अवलोकन गरेकी हुन् । त्यसअघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवता इन्द्रको पूजापाठ गरेकी थिइन् ।

शुक्रबारदेखि सुरु इन्द्रजात्रा काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो पर्व पनि मानिन्छ । सोही जात्राको मुख्य दिन सोमबार भण्डारीले अवलोकन गरेकी हुन् । सोमबारै कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ ।
भक्तपुरको चित्तपोलबाट ल्याइएको ३६ हात लामो लिंगो बसन्तपुरस्थित हनुमानढोकामा ठड्याएपछि इन्द्रजात्राको सुरुवात हुन्छ । त्यस्तै कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुख पनि इन्द्रजात्रा समारोहमा सहभागी भए ।

 

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय : ०१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु